पठनपाठन सुरु नहुँदा रोल्पाका विद्यार्थी र अभिभावक चिन्तित - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • शैक्षिक सत्र सुरु भएको करिब डेढ महिना भइसक्यो । तर, लकडाउनले गर्दा पठनपाठन ठप्प छ । शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा सुरु गरे पनि दुर्गम क्षेत्रमा पहुँच छैन । रोल्पाका विद्यार्थी अहिले पठनपाठनबाट पूर्णरुपमा बञ्चित बनेका छन् ।
    सरकारले अनलाइन प्रबिधि मार्फत पढाई सञ्चालन गर्न भन्दै विद्यालयहरुलाई कक्षा १ देखि ९ सम्मको शैक्षिक शत्रको नतिजा प्रकाशन गर्न भनेको छ । जस अनुसार रोल्पाका विद्यालयहरुले पनि नतिजा प्रकाशन गरिसकेका छन । तर नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुले पढ्न पाएका छैनन् । अनलाइन वा सामुदायिक रेडियोबाट पढाई हुने न्यूज आउने गरेपनि पढ्न नपाएको उनीहरुको गुनासो छ ।
    लामो समयसम्म पठनपाठनबाट बञ्चित हुँदा बालबालिकाको भविष्य नै अन्योलमा पर्ने चिन्ता अभिभावकहरुमा छ । शिक्षाबाट बन्चित भएर आफ्ना सन्तानले भविष्यमा दैनिक ज्याला मजदुरी गरेरै जिविकोपार्जन गर्नुपर्ने हो कि भन्ने उनीहरुमा चिन्ता छ ।
    यता, अनलाइन तथा रेडियोद्वारा पठनपाठन गराउँदा दोहोरो कुरा गर्न नसकिने भएकाले व्यवहारिक कठिनाइ हुने सरोकारवालाहरुको भनाइ छ ।
    नयाँ शैक्षिक शुरु भए यता लकडाउनकै बिच सरकारले पटक-पटक घरमै बसेरै विद्यार्थीलाई पढाउने ब्यबस्था मिलाउने बताएपनि व्यवहारिक रुपमा कठिन छ । यसले विद्यार्थी र अभिभावकलाई चिन्ता थपेको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1

  • @eyewatch7019
    @eyewatch7019 3 년 전

    काेराेनाकाे अनलाइन बिमा गर्न तलकाे लिङकमा गएर हेर्नुहाेला,
    krplus.net/bidio/oqenmaOpZJ6UdZw
    साथै अाफु र अाफ्नाे परिवारकाे पनि खयाल राख्नुहाेला।।