आइसोलेसनमा बस्नुपर्ने २७ कोरोना संक्रमित रातभर अस्पताल गेटबाहिर - NEWS24 TV
소스 코드
- 게시일 2020. 05. 29.
- झापाको कचनकवलबाट उपचारका लागि लगिएका २७ कोरोना संक्रमितलाई संक्रमितको उपचारमा खटिएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना लिन मानेन । रातभर संक्रमित आइसोलेसनको बाहिर नै चौरमा रहेको बसभित्र बस्न बाध्य भए । रातभर बाहिर बसेका उनीहरुलाई आज बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरे पुगेपछि मात्रै भर्ना गरियो ।
जेठ चार गते रौतहटको नरैनापुरस्थित क्वारेन्टिनमा बसेका युवकको समयमा उपचार नपाएर मृत्यु भयो । समयमा उद्दार नहुँदा केही दिन अघि मात्रै सीमामा नेपालीले ज्यान गुमाए । उनीमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो । यस्तै, मुलुकभरका विभिन्न क्वारेन्टिनमा समयमा उपचार नपाउनेको गुनासो लामै छ । कतै अस्पतालमा पूर्वाधार र चिकित्सक अभाव हुँदा समयमा उपचार नहुनु बिडम्बना छ भने कतै अस्पतालमा शैया, चिकित्सक हुँदा पनि संक्रमितको उपचारमा आनाकानी हुन्छ । शुक्रबार धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाबाट उपचारका लागि ल्याइएका २७ कोरोना संक्रमितलाई उपचारबाट बञ्चित गरियो । अस्पतालले आइसोलेसन वार्ड नभएको भन्दै रातभर उनीहरुलाई प्रतिष्ठानको चौरमा राखेको थियो । प्रतिष्ठान प्रशासनले समन्वय नै नभएको भन्दै संक्रमितलाई शनिवार बिहानसम्म अस्पतालको गेटमै राखेका थिए । रातभर उनीहरुलाई अस्पतालको शौचालय पनि प्रयोग गर्न नदिई आइसोलेसन वार्ड बाहिरै खुला चौरमा शौच गर्न भनिएको थियो । उनीहरुले न त पोष्टिक खाना पाए न त पानी नै ।
शनिबार बिहान प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठानमा आएपछि मात्रै संक्रमितहरुको सोधखोजमा प्रतिष्ठानका कर्मचारी लागेका थिए । त्यसपछि ९ बजे मात्रै उनीहरुलाई आइसोलेसन वार्डमा लगियो । संक्रमण फैलिरहँदा संक्रमितलाई नै सडकमा छाड्नु जत्तिको गैरजिम्मेवार काम अरु हुन सक्दैन । समन्वय नगरिदिँदा संक्रमितलाई अस्पतालमा भर्ना गर्न समय लागेको प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानले संक्रमितलाई उपचारका लागि भर्ना नगरी खाली चौरमा बस्न बाध्य बनाएकोमा प्रतिष्ठानमा पदाधिकारी र विभागीय प्रमुखमाथि प्रश्न उठेको छ ।
मन्त्रीका अनुसार झापाबाट संक्रमितलाई धरान पठाउनुअघि मन्त्रालयबाट फोकल पर्सनलाई सूचना दिइएको थियो । रिपोटिङ गर्दा २ सय बेड तयार भएको दावी गरेपनि संक्रमित आउँदा पन्छिने काम अस्पतालबाट भएको अरोप लगाउँदै कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।
समन्वयको अभाव भनेपनि जे भएपनि के यही हो, संक्रमितलाई गर्ने व्यवहार ?
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews