आगामी आर्थिक वर्ष ७७/७८ मा सरकारको उद्देश्य र प्राथमिकताहरु - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • सरकारले आगामी आर्थिक वर्ष ७७÷७८ का लागि ल्याएको बजेटको प्राथमिकता र उद्देश्य तय गरेको छ । बजेटको प्रथम उद्देश्य कोरोना लगायतका संक्रमक रोग र विपद्बाट नागरिकको जीवन रक्षा हुने सरकारको दावी छ । त्यसका लागि बजेटमा प्राथमिकताका क्षेत्र पनि छुट्याइएका छन् ।
    संघीय संसदको संयुक्त बैठकमा बजेटमा सरकारले छुट्याएृको बजेटको उद्देश्य ः
    १. संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज बनाउने ।
    २. उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गरिने ।
    ३. नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाइने ।
    ४. सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।
    उद्देश्यपूर्ति गर्न बजेटमा क्षेत्रगत प्राथमिकता निर्धारण ः
    १. कोरोना संक्रमणको रोकथामको लागि चालिएका कदमबाट टुटेको आर्पूर्ति श्रृंखलालाई पुनस्र्थापित गरिने ।
    २. पुर्नस्थाापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुर्नउत्थान ।
    ३. नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण ।
    ४. गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास ।
    यि बाहेक नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिनेसहित संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा पारदर्शी शासन व्यवस्थाको सदृढीकरण समेत सरकारको प्राथमिकतामा देखिएको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1

  • @kamalpandey3072
    @kamalpandey3072 3 년 전

    grater nepal ko video banunu sir. we need grater nepal