आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा सात अर्बले बढ्यो बजेट - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • सरकारले आर्थिक वर्ष २०७७÷७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा ७ अर्बले बढी हो । कोरोनाका कारण ग्रामीणमुखी हुन थालेको जनजीवन र वैदेशिक रोजगारीबाट युवाहरू फिर्ता हुने अवस्थालाई हेरेर कृषि गर्न चाहनेका लागि भूमि उपलब्ध गराउन भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ । रोलः
    आगामी आर्थिक बर्ष ७७÷७८ मा कृषिमा विनियोजित बजेट
    . भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन ।
    . संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैक स्थापना गर्ने ।
    . नदी नियन्त्रणका लागि ६ अर्ब २० करोठ विनियोजन ।
    . सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने
    . लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड ।
    . सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन ।
    . महाकाली सिञ्चाई आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाउन १० अर्ब विनियोजन
    . कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरि दिइने ।
    . उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइयो ।
    . फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख ।
    . ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ यथावत राख्दै दायरा बढाइयो ।
    . सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट
    . २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने ।
    . सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।
    . रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब पु¥याइयो ।
    . एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने
    . आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने ।
    यि बाहेक सरकारले भारतमा अत्यन्तै सफल मानिएको ’किसान क्रेडिड कार्ड’ योजना नेपाल सरकारले पनि प्रयोगमा ल्याउने भएको छ । सरकारले बैंकको एटीएम कार्डजस्तै एउटा कार्ड उपलब्ध गराउँछ। त्यो कार्ड एटीएम बुथमा घोटेजस्तै घोटेर मलखाद, कृषि उपज र औजार उधारोमा किन्न सकिनेछ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3

  • @kamalpandey3072
    @kamalpandey3072 3 년 전

    grater nepal ko video banunu sir. we need grater nepal

  • @shahithakuri6303
    @shahithakuri6303 3 년 전 +1

    Ho ab hami sadai India ko bhar ma garnu hudain.

  • @sandeepchaudhary6912

    Yo Budget sachhi kai laagu hunxa ki neta haruko khalti ma jaanxa ?? Yo question ko answer kasai sanga xaina!!!