के छ राजपाको संविधान संशाेधन विधेयकमा ? किन आयो काउनटर प्रस्ताव ! - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • नेपालको अद्यावधिक नक्साअनुसारको निसान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ । जसमा सर्वसहमति हुने उसको विश्वास थियो । तर, राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना मुद्दासमेत सम्बोधन हुनेगरी एकैपटक संविधान संशोधन हुनुपर्ने भन्दै ‘काउन्टर’ प्रस्तावको तयारी गरेको छ । राजपाले यसअघि अस्वीकृत भइसकेको सरकारी प्रस्तावलाई गैर-सरकारी विधेयकका रुपमा अगाडि बढाउन खोजेको हो ।
    संसद सचिवालयका महासचिवले ‘सभामुखसँग परामर्श गर्नुपर्ने भन्दै आइतबारसम्म पर्खिन’ आग्रह गरेपछि शुक्रवार नै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने राजपाको प्रयास सफल भएन । प्रस्ताव दर्ता गर्न जाँदासमेत साथ दिएको समाजवादी पार्टीले अन्तिममा ‘थप छलफल गर्नुपर्ने’ बताएर राजपाको साथ छोडिदियो । राजपाभित्रै पनि संशोधन प्रस्तावमा एकमत छैन । अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले नै यसबारे आफूलाई जानकारी नभएको बताइसकेका छन् । तर, राजपका केही नेताले भने नक्सा र निसान छापमा राष्ट्रिय सहमति खोज्दा आफूहरुले उठाएकोे मुद्दा सम्बोधन नभए कुनै पनि विषयमा राष्ट्रिय एकता नहुने बताएका छन् ।
    सरकारले प्याकेजमै संविधान संशोधन अघि बढाउन अनिच्छा देखाएपछि राजपाले संविधान संशोधन विधेयक दर्ता गराएर सरकारलाई ‘काउन्टर’ दिन खोजेको हो । उसले प्रदेशको संख्या तथा सिमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रतिनिधित्व हेरफेर गर्ने र वैवाहिक अंगीकृत नागरिकतालाई लिएर संविधान संशोधन गर्नुपर्ने भनेको छ ।
    राजपाले दर्ता गराउन चाहेको प्रस्तावका मुख्य बुँदा ः
    - संविधानको धारा ११ को उप धारा (६) को सट्टा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कार्वाही चलाएपछि संघीय कानून बमोजिम नेपालको वैवाहिक अंगीकृत लिन सक्ने’ राख्ने ।
    - संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) मा ‘प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित तीन जनाका दरले २१ जहाँ प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा संघीय कानून बमोजिम निर्वाचन हुने ३५ जना गरी ५६ जना तर प्रदेशबाट ३५ जना सदस्य निर्वाचन गर्दा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातमा कम्तीमा १४ जना महिला समेतको प्रतिनिधित्व हुने गरी निर्वाचित गरिनेछ’ भनी उल्लेख गर्ने ।
    - संविधानको धारा २७४ को (१) उपधारा (४) ‘पेश भएको विधेयक देहायको बिषयसँग सम्बन्धित भएमा सम्बन्धित सदनको सभामुख वा अध्यक्षले त्यस्तो विधेयक सदनमा पेश भएको ३० दिनभित्र सहमतिका लागि प्रदेशको सिमाना परिवर्तनको बिषय भए त्यसरी सिमाना परिवर्तन हुने सम्बन्धित सबै प्रदेशको प्रदेशसभामा पठाउनुपर्नेछ’ उनी उल्लेख गर्ने ।
    - धारा २७४ कै उपधारा ५ मा रहेका संघीय संसदमा भन्ने शब्दको सट्टा संघीय संसदमा सम्बन्धित सदनमा भन्ने शब्दहरु राखिनुपर्ने, उपधारा (७) मा रहेको अवधीभित्र भन्ने शब्दपछि उपधारा (४) को खण्ड (क) बमोजिमको बिषयमा सम्बन्धित कुनै एक प्रदेश सभा र खण्ड (ख) बमोजिमको बिषयमा भन्ने शब्दहरु संशोधन गर्ने ।
    - संविधानको धारा २ सय ८७ को उपधारा (६) को खण्ड (क) पछि ‘धारा ६ बमोजिमको नेपालमा बोलिने सबै मातृभाषाहरुको सूची तयार गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने’ थप्न भनिएको छ ।
    - संविधानको धारा २७८ क थप संविधानको धारा २८७ पछि संघीय आयोगको गठन, प्रदेशको संख्या तथा सिमांकन हेरफेर सम्बन्धी बिषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ भनी थप्ने ।
    नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रले मतदान गरिसकेको संविधान संशोधन प्रस्ताव राजपाले हुबहु अघि सारेको हो । राजपाका नेता एकपटक मतदान नै भएको प्रस्तावमा प्याकेजमै सहमति खोज्न सजिलो हुने भएकाले त्यसैलाई ब्यूँताउन खोजेको बताउँछन् ।
    राजपाले अहिले ल्याएकै प्रस्तावमा यसअघि नै मतदान भइसकेको छ । मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै तत्कालिन सरकारले २०७३ चैत २९ मा दर्ता गराएको संविधान संशोधन विधेयकमा २०७४ भदौ ५ गते मतदान भएको थियो । संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ मत पर्दा पक्षमा ४८ मत कम भएपछि प्रस्ताव नै असफल भएको थियो । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, नेमकिपा, जनमोर्चाले संशोधनको विपक्षमा मत हालेका थिए । पक्षमा कांग्रेस, तत्कालिन एकीकृत माओवादी र मधेस केन्द्रित दल थिए । नेकपा मालेले मतदान बहिस्कार गरेको थियो । राजपाले एकपटक असफल भएकै प्रस्ताव ब्यूँताउन खोजेपनि सत्तारुढ दलको साविक एमाले समूह ति विषय संशोधनप्रति अझै अनुदार छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 15

  • @rdgo5041
    @rdgo5041 3 년 전 +3

    कांग्रेस र राजपा इन्डियन दलाल हुन यनेहरु लाई जिउँदै जलाउनु पर्दछ अब

  • @anizoniz
    @anizoniz 3 년 전 +2

    India ley पैसा ले उचाली सक्यो यो धोती को औलाट लाई

  • @yaatreyangmu4324
    @yaatreyangmu4324 3 년 전 +2

    अाफ्नाे देशकाे सिमाना मिचिएकाे बेला खै त रास्ट्रिय एकता???? अाफ्नाे पार्टी र पद काे स्वर्थ पूरा नभए देश अाधा सिमा मिचेर अरु देशले कब्जा गरेपनि मत्लब नहुने याे देशकाे दलालहरु ३ कराेड ननेपाली हरुकाे मुटु छिया छिया भएकाे छ देश द्राेहिहरुकाे स्वार्थ साट्ने अबसर थुक्क

  • @surajbista8127
    @surajbista8127 3 년 전 +3

    Kunai halat ma yo madiseko mag pura garnu hunna.iniharu KO udise.bharatilai nepal ma prabesh garaunu bato khojeka huna

  • @subekshyakarki8499
    @subekshyakarki8499 3 년 전 +1

    raja badi haru

  • @purushotamkarki5965
    @purushotamkarki5965 3 년 전 +2

    Yo dhoti ho

  • @rajeshunclephotostudio6332

    NO MCC ONLY SOLVE SIMA INCROACHMENTS.

  • @aashisjoshi6907
    @aashisjoshi6907 3 년 전 +1

    Mug yesta neta haru lai marna parnya ho..

  • @deepakblbardiya4505

    मधेसी को नाममा कल्क भारती का दाल्लाल्हुन नेपाली जनता जागो

  • @laxmansunar3913
    @laxmansunar3913 3 년 전 +1

    Sala dhoti modi saga Jana... Dhoti