संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट किन हट्यो ? NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • बुधबार दिनभर भारतीय सञ्चारमाध्यामहरुले नेपाल संविधान संशोधनबाट पछि हटेको हल्ला चलाए । कतिपयले त कांग्रेसले नेपाल हालै जारी गरेको नक्सा संसदबाट पारित गराउने प्रस्ताव अस्वीकार गरेको सम्मका न्यूज बनाए । संसद सचिवालयले बुधबार विहान जारी गरेको कार्यसूचीमा पूर्ण नक्सा समेटेर संविधान संशोधन गर्ने उल्लेख थियो । तर, पछि हटाइयो । यसले पुनः तरंग ल्याएको छ ।
    संविधानको अनुसूची ३ मा रहेको निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन प्रस्ताव कार्यसूचीमा समावेश थियो । सो प्रस्ताव केहीपछि कार्यसूचीबाट हटाइयो । यसलाई आधार बनाएर विभिन्न भारतीय सञ्चारमाध्यामले नेपाल नयाँ नक्सालाई वैधानिकता दिने प्रस्ताव नै फिर्ता लिएको भन्दै प्रचार गर्न थाले । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेका कारण कार्यसूचीबाट हटाइएको बताएको छ ।
    कतिपय भारतीय सञ्चारमाध्यामले त प्रमुख प्रतिपक्षी दल कांग्रेस नै प्रस्तावको विरोधमा रहेको भन्नसम्म भ्याएका छन् ।
    के कांग्रेसले खुट्टा कमाउन खोजेकै हो ?
    नेपालको पूर्ण नक्सा अनुरुप संविधानको अनुसूची ३ मा रहेको निशाना छाप परिवर्तनका लागि प्रस्ताव गरिएको संशोधनका पक्षमा अडिग रहेको कांग्रेसले स्पष्ट पारेको छ । सरकारले संविधान संशोधनको प्रस्तावका बारेमा कांग्रेस पछि हट्यो भन्ने भनाईको कांग्रेसले खण्डन गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता लिदा दोष लगाउने भन्दै प्रतिक्रिया दिनुभएको छ । प्रस्ताव फिर्ता नभएर बुधबार संसदको कार्यसूचीबाट हटाइएको मात्र हो ।
    प्रवक्ता शर्माले प्रक्रिया सुरु गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकको निर्णय कुर्न आग्रह गर्नुभएको थियो । त्यसअघि पदाधिकारीको बैठकले संविधान संशोधन सर्वसम्मतिले पास गर्नुपर्ने निर्णय गरेको थियो । भारतीय सञ्चारमाध्यामहरुले नेपालमा विवाद भएको गलत हल्ला चलाइरहेका छन् । जसरी कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतकै भएको उनीहरुको दाबी छ, त्यसैगरी नेपालका दलहरुबीच विवाद रहेको उनीहरुको हल्लामा कुनै सत्यता छैन ।
    संशोधन प्रस्ताव कार्यसूचीबाट किन हटाइयो ?
    संसदको आफ्नो प्रक्रिया हुन्छ । सरकारले संसदीय प्रक्रिया अघि बढाउन सक्छ । बुधबार संसदमा टेबल गर्न दुईतिहाइ चाँहिदैन । संसदमा टेबल गरेर प्रस्तावलाई छलफलसम्म लैजान सरकारले तदारुकता देखाउनै पर्दथियो । तर, प्रक्रियासम्म अघि नबढाइ अकस्मात किन कार्यसूचीबाट हटाइयो त ? यसले केही शंका उपशंका उब्जाएको छ । बुधबार संसदीय प्रक्रिया अघि बढाउँदै दलीय एकता खोज्नु पथ्र्यो । अनुसूची ३ लाई संशोधन गर्न दलहरु लगभग एकमत छन् । यहाँ नजिक सरकारप्रति नै औंला सोझिन्छ । कतै सरकारपनि प्रभावित त भएको छ्रैन ? यो शंकालाई कार्यसूचीबाट प्र्रस्ताव हटाइनुले बल पु¥याएको छ । आशा गरौं संशोधन प्रस्ताव छिट्टै पास हुने छ र भारतलाई नेपालले राम्रो जवाफ दिनेछ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 133

  • @BirazTLimbu
    @BirazTLimbu 3 년 전 +31

    यदि सरकार ले यो विषय लाई सम्सद मा पास गरेन भने देश मा आगो लाग्छ 😡 सबै नेता हरुलाई एकै ठाउँ मा राखेर जलाइन्छ 😡😡

  • @npgsugam8567
    @npgsugam8567 3 년 전 +57

    संसद मा पास भएन भने संसद भबन मा नै आगो लगाइदिए हुन्छ।

  • @padam1xetri731
    @padam1xetri731 3 년 전 +25

    जति सको छिटो गर्नु पर्छ भारतीय लाइ जवाफ दिनु पर्छ

  • @SantoshSharma-qh3eg
    @SantoshSharma-qh3eg 3 년 전 +35

    यदि सन्सदमा पास भएन भने जनता ले छोड्ने छैन

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전 +2

    सारै दुख लाग्यो,,आज हामिहरुले आफ्नो औकात देखायौ बिस्तारवाद भारत को आगाडि।

  • @balsingkadayat3650
    @balsingkadayat3650 3 년 전 +8

    नेपालका नेताकार्यकर्ता खोक्रो रास्ट्रवाद देखाउने पैसाको लागी आफ्नो आमा बेच्न पछाडी नहट्ने पुर्खाले जोगायको देश सिदिनेभयो👊👊👊👊

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전 +2

    राष्ट्रियताको विषयमा पनि वाद बिबाद गर्ने चोर भ्रस्टाचार ,दलाल नेताहरु हामी जनतालाई प्रष्ट भनोस हामी नेपाली हो कि हैन भनेर। आज सारै मन दुखेको छ ।हामी कस्तो नेताहरूको भरमा बसिरहेका छौं भनेर ।

  • @indrarai8626
    @indrarai8626 3 년 전 +6

    खबरदार टाउकेहाे बन्दुक पड्काउन खुखुरि चलाउन सबै जनतालाई अाउछ बेइजतिकाे पनि सिमा हुन्छ

  • @alinachoudhary219
    @alinachoudhary219 3 년 전 +1

    आज काङ्ग्रेसले आज समय माग्यो ।

  • @ramgurng4968
    @ramgurng4968 3 년 전 +4

    बाबुराम लाई तुरुन्तै फाँसी दिउ देश दोर्हि बाबुराम हो अझै पनि काङ्ग्रेस,एमाले भन्दै ताली बजाएर हिडछौ

  • @tilkumarhumagain1700

    यो सुराकी गर्ने नेपाली नै छ पत्ता लगाउनु पर्छ

  • @worldearth5851
    @worldearth5851 3 년 전

    अब सासद भवन नै आगो लाउनी बेला भयछ जनताले ।। र पैला त यो सरिता गिरि र बाबुराम भट्टराई सेर बहादुर जस्ता देस द्रोहिलाई देस निकाला गर्नु जरुरी छ ।

  • @rameshkarki4091
    @rameshkarki4091 3 년 전

    good job

  • @adminkuwait9173
    @adminkuwait9173 3 년 전 +10

    भारतको मिडियाको कुरा सुनेर समाचार नबनाउन आग्रह किन किनकि भारत दुनियाको घटिया हल्ला गर्छ

  • @worldearth5851
    @worldearth5851 3 년 전

    होईन नेपाल को ईज्जत् अब सबै नेताहरुले नै लिलाम गर्नु लाको बिस्व सामु । के भैराको छ देस मा ।

  • @lalitarajbanshi6320
    @lalitarajbanshi6320 3 년 전 +2

    यो बिहारि हरु झुट बोल्नु एति माहिर छन्कि कुरै नगरुम

  • @aitarajlimbu2640
    @aitarajlimbu2640 3 년 전

    जनतामाथी धोका नहोस् सरकार

  • @birendrasangamsnr5117

    यदि ईन्डिया मिडिया ले साचो भनेको हो भने नेपाल अामा को कसम सदनमा नै अागो लगाउन्छु म अाएर बिचार गर नेता हो

  • @bishnosen1457
    @bishnosen1457 3 년 전

    सामसद भबन मा आगो लगाउ

  • @sujanmanandhar725
    @sujanmanandhar725 3 년 전 +1

    Desh lai bacham, rastra ko hiit hunea kaam garum sabai milera 🙏🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵 we love our Motherland Nepal Jay Nepal...