देशभर ७ सय ७२ संक्रमित - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • नेपालमा कोरोना भाइरसबाट थप २१ जना डिस्चार्ज भएका छन् ।
    नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएसँगै नेपालमा १ सय ७६ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको थियो । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए । पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3

  • @R1Zu2B
    @R1Zu2B 3 년 전 +1

    Abo Jay pashupatinath vannu bahek arko bikalpa xaina 🤔😏☹️!!!

  • @kalyanrai3553
    @kalyanrai3553 3 년 전 +1

    ७७२ !! ystoi tarikale bardei jane ho vne ta... k hola.

  • @sandeepchaudhary6912
    @sandeepchaudhary6912 3 년 전 +1

    Nalaayak sarkaar vayepaxi!!! Aaru k nai dekhna sakin xa ra??? Khaali desh ko naam ma sambhodan vandai " guff matrai dinxa" oli le