नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार चार सय २० - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार चार सय २० पुगेको छ ।
    शनिवार एकै दिन २ सय ८ जनामा संक्रमण पुष्टि भएसँगै संख्या १४ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर १ का ९ जिल्लामा गरी १ सय ६० जना संक्रमित छन् भने प्रदेश नम्बर दुईका ८ जिल्लामा गरी ५ सय ४७ संक्रमित छन् । यस्तै, वागमती प्रदेशका १२ जिल्लामा गरी ४५ जना, गण्डकी प्रदेशका ५ जिल्लामा गरी २० जना संक्रमित छन् । मन्त्रालयका अनुसार प्रदेश पाँचमा ५ सय ४८, कर्णाली प्रदेशमा ७९ र सुदूरपश्चिम प्रदेशमा २२ संक्रमित छन् । यस्तै, पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २१९ पुगेको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1

  • @syanden923
    @syanden923 3 년 전

    Aba Nepal la thulo sagkat vokdaixa