कृषिमा प्रयोग हुने बस्तु र विद्युतीय सवारीमा बढाइएको करको विरोध सुरु - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • सरकारले बजेटमार्फत कृषिमा प्रयोग हुने वस्तु विउविजन र विद्युतीय सवारीसाधनमा बढाएको भन्सार दर प्रति विरोध सुरु भएको छ । आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउँदै लाने सरकारी नीति भएपनि उल्टै सरकारले आन्तरिक उत्पादन खपतगर्ने वस्तुमा कर लगाउनु व्यवहारतः गलत भएको टिप्पणी गर्न थालिएको छ ।
    आर्थिकवर्ष २०७७÷०७८ को बजेटमार्फत सरकारले विद्युतिय सवारीसाधनमा भन्सारदर ८० प्रतिशतसम्म पु¥याएको छ । यसअघि, विद्युतिय सवारीमा १० प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने गथ्र्यो । विद्युतिय सवारीको भन्सारदर बढाए पनि विद्युतीय सवारीसाधन बिक्री भएपछि आधा भन्सार महशुल फिर्ता हुने बजेटमा उल्लेख छ । अब, विद्युतीय सवारीखरिद गर्दा ४० प्रतिशत कर तिर्नुपर्ने छ । यसअघि विद्युतीय सवारी खरिद गर्दा मूल्यअभिवृद्धि करसहित २३ प्रतिशत कर तिर्नुपथ्र्यो । एकातिर, सरकारले विद्युत खपत बढाउने र वातावरणीय हिसाबले विद्युतिय सवारीसाधानलाई प्रोत्साहन गर्ने भनेपनि अर्कातिर, त्यही सवारीमा ह्वातै कर बढाउनुले सरकारको बजेट विरोधाभाष भएको करविद्को ठहर छ ।
    त्यस्तै, बजेटमार्फत कृषिक्षेत्रमा अनुदानवापत ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, कृषिमा प्रयोग हुने रासायनिक मल, विऊविजनमा भन्सारदर बढाएको छ । करवृद्धि बारे अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीलाई जसरी प्रोत्साहन गरिएको थियो, त्यो अनुरुप नतिजा नआएकाले कर बढाउनु परेको प्रष्टीकरण दिएका छन् ।
    के-के मा बढ्यो कर ?
    भन्सार दरमा भएको परिवर्तन
    वस्तु भन्सार महशुल
    विद्युतीय सवारीसाधन ८० प्रतिशत
    अन्य मोटरपार्टस्हरु २० प्रतिशत
    विउविजन १५ प्रतिशत
    रासायनिक मल ५ प्रतिशत
    प्राङगरिक मल १० प्रतिशत
    रेफ्रिजेरेटर तथा चिस्याउने उपकरण २० प्रतिशत
    वाइन, ब्राण्डी ह्वीस्की तथा मदिरा १५ सय रुपैयाँ वृद्धि
    साना मूर्तिहरुमा १५ प्र्रतिशत्
    पेट्रोल तथा ड्रिजेल १० रुपैयाँ वृद्धि
    अन्तशुल्कमा भएको परिवर्तन
    विद्युतीय सवारीसाधन पिकपावरमा - ४०-१०० किलोवाटसम्म ४० प्र्रतिशत
    - १००- १५० किलोवाटसम्म ५० प्रतिशत
    - २०० किलोवाटसम्म ६० प्रतिशत
    - ३०० किलोवाट देखि माथि ८० प्रतिशत
    खजुर,अंगुर, आँप ५ प्रतिशत
    प्याकिङ गरेका मासुका परिकार १० प्रतिशत
    फलामबाट निर्मित सामाग्री जिआई वायर, एङगल पटी उत्पादनमा प्रतिकेजी १ रुपैयाँ ६५ पैसा
    चुरोट, सिँगार, प्रतिखिल्ली ५० पैसा वृद्धि
    गुट्खा पान, मसला प्रतिकेजी ४० रुपैयाँ
    के के मा घट्यो
    घरेलु उत्पादनमा प्रयोग हुने मेशिन तथा कच्चापदार्थ ५ प्रतिशत कायम
    एकदर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज -
    वन पैदावार शुल्क १५ प्रतिशत खारेज -
    सुतिका कपडा अथवा भित्रि वस्त्र ५ प्रतिशत कायम
    इलेक्ट्रीक साधनका पाटपूर्जा ५ प्रतिशत कायम
    त्यस्तै, बजेटमार्फत लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिएको छ । वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एककरोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर पनि छुट दिएको बजेटमा उल्लेख छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 10

  • @rautdinanath8725
    @rautdinanath8725 3 년 전 +1

    Good news

  • @PRAPALITECH
    @PRAPALITECH 3 년 전 +2

    नेपाली गरिब जनता ले कहि पनि आफुले सोचेको बिजनेस गर्न नसक्ने भयो

  • @birendralimbu4251
    @birendralimbu4251 3 년 전 +2

    Electric car chai vhari mathi supari va tesai ta mahango ...anna des le tax relaxation dincha yaha ta ulta lincha

  • @authenticmax6350
    @authenticmax6350 3 년 전 +2

    Artha Mantri le kun school ma padhai gareko hau ??

  • @champun3903
    @champun3903 3 년 전

    Future bhaneko ta electric vehicle ho ni .....jhan kar badhayera discourage garney....!!!!!

  • @minurai4538
    @minurai4538 3 년 전

    Yo bansar chai kati lagako sarkar hami kaha bata tirne yatro vansar

  • @dipendrakumal2631
    @dipendrakumal2631 3 년 전

    कृषिमा बिकासका लागि कृषि को कर कम गर्नु पर्नी ठाउ मा अजै धेरै वृद्धि गरेपछी देश का किसान लगायेत बिदेश बाट आउने युवाले कृषि मा कसरी लाग्लान त सरकार

  • @dhimalelsa4574
    @dhimalelsa4574 3 년 전

    Garib janta lai gari khanu didna kyare mula haru le

  • @rk.adhikaritanahunnepal1519

    यो अर्थमन्त्री जस्तो नालायक कोहि रहेनछ ।

  • @bimalathamithami2928

    राजाको को नाम्मा भर भुडी गरिब मारा नेपाल