बाजुरामा कोरोना संक्रमणको जोखिम बढ्यो - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • भारतबाट बाजुरा भित्रिनेको भीड लागेसँगै बाजुरा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । पछिल्लो समय दैनिक सयौँको संख्यामा भारतमा रहेको नेपाली बाजुरा पुग्न थालेका छन् ।
    पछिल्लो समय असुरक्षित तवरले जिल्ला भित्रिनेको भीड लागेसँगै बाजुरा संक्रमणको जोखिममा परेको छ । सदरमुकाम अस्पतालमा २० शैयाको मात्र क्वारेन्टाइन रहेकाले उनीहरुलाई कहाँ राख्ने भन्नेमा स्थानीय प्रशासनका लागि टाउको दुःखाइ बनेको छ ।
    भारतमा कोरोनाको संक्रमण तीब्रगति रुपमा फैलिएकाले भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण नहुँदा संक्रमणको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । साथै हुम्ला,मुगु कालिकोटाबाट नागरिक पनि यहिबाट प्रयोग गर्ने भएकाले बाजुरा संक्रमणको जोखिम छ ।
    अहिलेसम्म संक्रमणबाट सुरक्षित महसुस गरेका बाजुराका स्थानीयहरु भारतबाट आउनको संख्या बढ्ेसँगै असुरक्षित महशुस गर्न थालेका छन् । उनीहरुले भारतबाट आएकाहरुको तुरुन्त स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1