प्रतिवेदन किन ढिला ? NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • नेपालले गत वर्ष पहिलो पटक आफ्नै स्रोतसाधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन ग¥र्यो । मापन गरेको ६ महिना भित्रमा नतिजा बाहिर ल्याउने बताइएको थियो । तर, अहिलेसम्म अन्तिम प्रतिवेदन आउँन सकेको छैन । यसै विच चीनले पनि सगरमाथाको उचाई मापन सुरु गरेको छ । यससँगै नेपालले सगरमाथाको उचाई मापन गरेको प्रतिवेदन कहाँ छ भनेर खोजिन थालिएको छ ।
    गत वर्ष जेठ महिनामा नापी विभागका अधिकृतहरुको समूहले सगरमाथाको उचाइ मापन गरेका थिए । नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोलीले सगरमाथाको चुचुरोमा १ घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेको थिए । ’ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम’ को प्रयोग गर्दै सगरमाथाको उचाई लिने काम भएको थियो ।
    सगरमाथामा संकलन गरिएको तथ्यांकलाई अध्ययनगरी ६ महिनाभित्रै सगरमाथाको उचाई निक्र्यौल गर्ने बताइएको थियो । तर, उचाई मापन गरेर फर्किएको एक वर्ष पुग्नलाग्दा समेत सरकारले उक्त सर्भेको प्रतिवेदन सार्वजनिक गरेको छैन । यता, चीनले पनि सगरमाथाको उचाई लिने अभियान अघि बढाएसँगै चुचुरोमा पुगेको छ । चीनले आफ्नो क्षेत्रमा पर्ने उत्तरी मोहडाबाट सगरमाथाको उचाई लिने काम गरेको हो ।
    मे २ मा उचाइ नाप्न गएका टोलीहरुबाट प्राप्त तस्विरहरु प्रकाशित गर्दै सीजीटीएनले ‘चोमोलुङ्गमा’ चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरेको थियो । जसलाई उसले सच्याउँदै संसारको सबैभन्दा अग्लो शिखर भनेको छ । सगरमाथालाई तिब्बती भाषामा चोमोलुङ्ममा भनिन्छ । यससँगै नेपालले सगरमाथाको उचाई मापन गरेको प्रतिवेदन कहाँ छ भनेर खोजिन थालिएको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाई संयुक्त रुपमा जारी गर्दै वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो । दुवै राष्ट्राध्यक्षहरुले ’सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतिक’ रहेको बताएका थिए । सी नेपाल आउनु अघि नै नेपालले सगरमाथाको उचाई मापन गरिसकेको थियो । तर, संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाई मापन गरेर संयुक्त रुपमा नै उचाई घोषणा गर्ने सहमति भएसँगै नेपालले गरेको अध्ययनको निष्कर्ष निकाल्न ढिला भएको बताइन्छ । नेपालले पहिलोपटक आफ्नै स्रोत र शक्तिको प्रयोग गर्दै उचाई मापन गरेको वर्ष दिन पुग्दा प्रतिवेदन सार्वजनिक नहुँदा चीनको दबाबमा उचाई सार्वजनिक नगरिएको भन्नेहरु पनि छन् । चीनले भर्खरै उचाई अध्ययन गर्न सुरु गरेको र संयुक्त विज्ञप्तिमा समेत दुवै देशले संयुक्त रुपमा उचाई घोषणा गर्ने ’राजनीतिक सहमति’ कै कारणमा नेपालले पहिलो पटक आफ्नै स्रोतको प्रयोग गरेर तयार अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको बताइएको छ ।
    २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको छ । चीनले भूकम्प अघि नै सगरमाथाको उचाई घटेको दाबी गरेको थियो । तर, नेपालले भने सगरमाथाको उचाई पहिला झै ८ हजार ८ सय ४८ मिटर नै रहेको दाबी गर्दै आएको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 20

  • @ShareNepal0
    @ShareNepal0 3 년 전

    देश बचाउ अभियान ।

  • @shishirxd
    @shishirxd 3 년 전

    What if the everest height has decreased and nepal dont want to lose the title of height mount.

  • @LeeLee-gg2xk
    @LeeLee-gg2xk 3 년 전 +1

    One doubt where this Everest located

  • @bhuwanbhattarai351
    @bhuwanbhattarai351 3 년 전 +10

    Aba yo desh ma raja nai chainya vayo if agree like

  • @timrofuchhima3065
    @timrofuchhima3065 3 년 전

    sherpa harule pni chomolongma nai banxauu

  • @jeetendrabhandari
    @jeetendrabhandari 3 년 전

    Napya bhayepo dincha ta.

  • @thapahitesh9140
    @thapahitesh9140 3 년 전

    यो नेपालमा कर्मचारि ☻मन्त्रि☻सबैलाई⏰ समयको महत्व नबूझ्ने प्रवितिको आज होईन पहिले देखि छ तर पैसामा चै बिग्रेको काम पनि छिन्भर मै हून्छ हजूर😓❌❓💔यस्तालाई त खोजि खोजि कार्वाहि होस् कानून बनाउ र जनतामा पनि यो नियम लागू होस्🖒घूस लिने दिने दूवैलाई तर देखिन्न कूरा र कागजमा सिमित छ😭भन्यो भने आफ्नै काम नहूने हो कि भन्ने डर👀💯✔✊

  • @Suppalama
    @Suppalama 3 년 전

    Abha Nepal sarkar dailoma jumra kelaudai basa

  • @changpakhrin8757
    @changpakhrin8757 3 년 전

    Khayo jatai tatai vrasta

  • @yogeshbhusal8945
    @yogeshbhusal8945 3 년 전

    Uchai badaune pacha jasari pani ghataunu hudaina..

  • @manoharmehra5052
    @manoharmehra5052 3 년 전

    Kahi ? sagarmatha pani agreement ma vnera Si jing ping ko ratri swiss account kholdai phone ta aayena neta jyu..

  • @nareshdhami2759
    @nareshdhami2759 3 년 전 +1

    Jatha nepali karmachari.

  • @pasangkagyu2202
    @pasangkagyu2202 3 년 전

    india ra china lai nepal ko khukuri ko taste garnu lagaw nu paryeo

  • @bindasvie8729
    @bindasvie8729 3 년 전

    Nalayak sarkar

  • @shankarmagarrana3525

    बिकेयो यो नाप्ने नेपाली टोली

  • @SujanShresthaOfficial

    Nepal ko saab Kaam Chor haru xan
    Aafai le liyeko jankari ta सार्वजानिक garnu parxa ni ta