२०७६/७७ मा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 25.
  • सरकारले कोरोना भाइरसअघि अर्थतन्त्रको अधिकांश परिसूचक सन्तोष जनक रहेको तथ्यांक सहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अािर्थक वर्ष २०७६÷०७७ को फाल्गुनसम्म आर्थिक परिसूचक सकरात्मक रहेको तर, कोरोना पछि भने अर्थतन्त्रमा समग्र गतिविधि ठप्प हुदा आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा खुम्चिने आर्थिक सर्वेक्षणले देखाएको छ ।
    चालुआर्थिक वर्ष २०७६÷०७७ मा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सिमित हुने सरकारी आर्थिक सर्वेक्षणले देखाएको छ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गरेको सर्वेक्षणले फाल्गुनसम्म आर्थिक गतिविधि तिव्रता पाएको तर, कोरोना भाइरस पछि भने विशेषगरी पर्यटनक्षेत्र, उद्योग व्यापार क्षेत्र प्रभावित भई आर्थिक वृद्धिमा चाप परेको देखाएको छ ।
    यस्तो छ अर्थतन्त्रका परिसुचक ः
    - आर्थिक वृद्धिदर २.१ प्रतिशत
    - प्रतिव्यक्ति आय १ हजार ८५ डलर
    - कूल उपभोग दर ८१.९ प्रतिशत, कूल ग्रार्हस्था बचत १८.१ प्रतिशत
    - कूल लगानी १८ खर्ब ८९ अर्ब २६ करोड ९३.५ प्रतिशत घट्यो ०
    - कूल खर्च ६ खर्ब १० अर्ब ६८ करोड ९१२ प्रतिशत वृद्धि ०
    -चालु खर्च ४ खर्ब ५० करोड
    -पूँजिगत खर्च ९६ अर्ब
    - वित्तिय व्यवस्था ६३ अर्ब ४२ करोड
    - निरपेक्ष गरिबी १६.६७ प्रतिशत
    - व्यापार घाटा ८ खर्ब ५० अर्ब २३ करोड ४ दशमलव २३ ऋणात्मक
    - मुद्रास्फीती ६.४ प्रतिशत
    - राजश्व संकलन ५ खर्ब ४६ अर्ब मध्ये, करतर्फ ४ खर्ब ९७ अर्ब, अन्य ४९ अर्ब २५ करोड
    - सार्वजनिक ऋण, ११ खर्ब ३९ अर्ब ८० करोड
    - बैदेशिक अनुदान १६ अर्ब १९ करोड
    - बैदेशिक ऋण ९३ अर्ब
    - विमा पहुच जनसंख्या २६ प्रतिशत
    सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि चालुवर्षको आर्थिक अवस्थाको बारे जानकारी गराउनुपर्छ । कोरोना पछि अर्थतन्त्र शिथिल बनेको सर्वेक्षणमा देखाएको छ । समग्र अर्थतन्त्रका गतिविधि ठप्पका बाबाजुत बिहीवार सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दैछ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 4

  • @durgarana6552
    @durgarana6552 3 년 전

    यदि रबि लामिछने सच्चा देस भक्ती हो भने mcc को बिसय मा बोलेर देखाउ mcc खारेज गर्नु पर्छ भनेर

  • @bhupaltigela1401
    @bhupaltigela1401 3 년 전

    Baideshi rojgar ban vayo vane khanxan dherai talap

  • @durgarana6552
    @durgarana6552 3 년 전

    mcc को बारेमा बोल्न्न किन मौन छन रबि लामिछाने mcc खारेज गर

  • @durgarana6552
    @durgarana6552 3 년 전

    किन मौन रबि लामिछाने के रबि दरायको हो mcc बिरोद गर्न