सर्तकता नअपनाउँदा सिन्धुली कोरोना संक्रमणको जोखिममा - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 28.
  • सिन्धुलीसँग सिमा जोडिएका काभ्रे, सिन्धुपलान्चोक लगायतका जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएको छ । हालसम्म सिन्धुलीमा कोरोना संक्रमित भेटिएको छैन । छिमेकी जिल्लाहरुमा संक्रमण बढ्दै जाँदा सिन्धुलीमा भने सर्वसाधारण हेल्चेक्र्याई गरेको पाइएको छ । सामाजिक दूरी समेत कायम भएको पाइदैन ।
    कोरोना संक्रमण बढ्न नदिन सरकारले अत्यावश्यक काम बाहेक बाहिर न निस्कीन र सुरक्षाको उपाय अपनाउन पटक-पटक आग्रह गरेको छ । तर, सिन्धुलीका स्थानीय तथा व्यवसायीहरुले न लकडाउनको पालना गरेका छन न त सुरक्षाको उपाय नै अपनाएका छन । समान्य अवस्था जस्तै बजारका धेरै जसो पसलहरु खुलेका छन् ।
    छिमेकी जिल्लामा संक्रमण फैलिएसँगै थप सुरक्षा सर्तकता अपनाए पनि सर्वसाधरण सचेत नभएका कारण यो समस्या आएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले बताएको छ ।
    लकडाउन खुलेपनि सामाजिक दुरी कायम गर्दै सुरक्षाको उपाय अवलम्बन नगरे कोरोनाको संक्रमणले भयावह स्थीति लिने विज्ञहरुको चेतावनी छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
  • 노하우/스타일

댓글 • 1